२३ बैशाख २०८३, बुधबार । May 6, 2026

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता


२३ असार २०८२, सोमबार  

51
Shares

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले भयावह बाढी निम्त्याउँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ।

उद्धारकर्मीहरू हालसम्म पनि हराइरहेका २७ जना बालिकाको खोजीमा जुटिरहेका छन्। विशेषगरी टेक्सासको मध्य भागमा बाढीको प्रभाव अत्यन्तै गम्भीर रहेको छ। ग्वाडालुप नदीमा पानीको सतह केवल ४५ मिनेटमा २६ फिट (करिब ८ मिटर) ले बढेपछि आपतकालीन बाढी चेतावनी जारी गरिएको थियो। केर काउन्टीस्थित एक ग्रीष्मकालीन शिविरमा सयौं मानिसहरू बसोबास गरिरहेको समयमा आएको बाढीले मानवीय क्षति धेरै बनाएको हो।

शेरिफ ल्यारी लेइथाले दिएको जानकारीअनुसार, सो काउन्टीमा मात्र ४३ जनाको शव भेटिएको छ, जसमा २८ जना वयस्क र १५ जना बालबालिका छन्। अन्य काउन्टीहरूमा पनि बाढीको असर गम्भीर बनेको छ। टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जलमार्गबाट उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। “बेपत्ता सबैलाई फेला नपारेसम्म खोजी कार्य रोकिने छैन,” उनले भने।

टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको आपतकालीन घोषणा थप विस्तार गरिएको र सङ्घीय सरकारसँग थप स्रोतको माग गरिएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले घटनालाई ‘नबुझिने त्रासदी’ र ‘सामूहिक हताहतको घटना’का रूपमा वर्णन गरेका छन्।

राज्यका सार्वजनिक सुरक्षा निर्देशक फ्रिम्यान मार्टिनका अनुसार लगातारको भारी वर्षाका कारण उद्धार कार्य अत्यन्त कठिन भइरहेको छ। अधिकारीहरूले नदी किनार र याम्प मैदान आसपासका क्षेत्रमा आवतजावत नगर्न जनतालाई कडाइका साथ चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूले बाढीको भयावहता झल्काउँछन्, जसमा १२ फिटसम्मको पानीले घर, सवारीसाधन र रुखहरू बगाएको देखिन्छ। यो मात्रा केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ बराबरको हो।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको