ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति आएको पहिरोले एक घर पुरिँदा चार जना घाइते भएका छन्।
पहिरो स्थानीय हस्तबहादुर कटुवालको घरमा खसेको थियो, जसले उनीसहित उनका परिवारका सदस्यहरूलाई घाइते बनाएको हो। घटनाबारे जानकारी दिँदै स्थानीय मौसम सेलिङले कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना पहिरोमा परी घाइते भएको बताए।
घरमाथिबाट बग्ने कुलो थुनिएपछि जमेको पानी र माटोसहितको पहिरो अचानक घरमाथि खस्दा दुर्घटना भएको जनाइएको छ। घटनापछि छिमेकीहरूको सहयोगमा कटुवाल परिवारलाई उद्धार गरिएको हो।
प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ र उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको छ।







प्रतिक्रिया