१ आश्विन २०८३, बिहिबार । September 18, 2026

इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा हमला, प्रत्यक्ष प्रसारणमै देखियो यस्तो !


३ असार २०८२, मंगलबार  

33
Shares

तेहरान । इजरायल र इरानबीचको बढ्दो तनावबीच इजरायलले इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को कार्यालयमा आक्रमण गरेको छ।

सोमबार राति इजरायली सेनाले राजधानी तेहरानस्थित आईआरआईबीको मुख्य कार्यालयमा आक्रमण गर्दा त्यसबेला प्रत्यक्ष प्रसारण भइरहेका दृश्यहरूमा हमला देखिएको थियो। कार्यक्रममा प्रस्तोता अकस्मात् उठेर स्टुडियो छाड्दै बाहिरिने दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यद्यपि, केही मिनेटमै आईआरआईबीले सेवा पुनः सुचारु गर्दै पुनः प्रत्यक्ष प्रसारणमार्फत जनतालाई जानकारी गराएको थियो।

आईआरआईबीका एक वरिष्ठ अधिकारीले प्रत्यक्ष प्रसारणमै वक्तव्य दिँदै भने, “इरानी राष्ट्रको आवाजलाई सैन्य आक्रमणबाट दबाउन सकिन्छ भन्ने सोच इजरायलको भ्रम मात्र हो। क्रान्तिको आवाज झन बुलन्द हुँदै जानेछ।”

यसअघि इजरायली रक्षामन्त्री योआव गालान्टले इरानी सरकारी टेलिभिजन तथा रेडियोलाई ‘प्रोपोगान्डाको मेगाफोन’ भन्दै यसलाई लक्ष्य गरेर कारबाही गरिने चेतावनी दिएका थिए। उनले विज्ञप्तिमार्फत भनेका थिए, “इरानी प्रोपोगान्डाको अन्त्य अब नजिकिँदैछ।”

त्यसैदिन, इजरायली सेनाले राजधानी तेहरानको उत्तरी क्षेत्रमा पर्ने ‘डिस्ट्रिक्ट थ्री’ का बासिन्दालाई तत्काल सुरक्षाका लागि सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

इजरायल र इरानबीचको यो घटनाले क्षेत्रीय तनावलाई झन जटिल बनाउने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले यसप्रति चासो व्यक्त गर्दै संयम अपनाउन आह्वान गरिरहेका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ