३ आश्विन २०८३, शनिबार । September 19, 2026

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो


२ असार २०८२, सोमबार  

24
Shares

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप लिएको छ।

शुक्रबारदेखि सुरु भएको आक्रमणको श्रृंखलामा दुबै देशले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरिरहेका छन्, जसले सैन्यस्थल मात्र नभई सर्वसाधारण बस्तीहरूमा समेत ठुलो क्षति पुर्‍याएको छ। इरानी स्वास्थ्य मन्त्रालयका अनुसार चार दिनको अवधिमा कम्तीमा २२४ जनाको ज्यान गएको छ भने १,२७७ जना घाइते भएका छन्। तीमध्ये ९० प्रतिशतभन्दा बढी सर्वसाधारण रहेको दाबी गरिएको छ। यद्यपि मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले वास्तविक संख्या अझै धेरै हुन सक्ने चेतावनी दिएको छ।

मृतकमध्ये इरानका शीर्ष सैन्य अधिकारीहरू—जस्तै मोहम्मद होस्सैन बाघेरी (सेनाका चिफ अफ स्टाफ), होस्सैन सलामी (रिभोलुसनरी गार्ड कोर्प्स प्रमुख), मोहम्मद काजेमी (आईआरजीसी खुफिया प्रमुख), तथा घोलमाली रशिद (उपकमाण्डर)—लगायत परमाणु वैज्ञानिकहरू फेरेदुन अब्बासी र मोहम्मद तेह्रान्ची पनि रहेको जनाइएको छ।

उता इजरायलका अधिकारीहरूका अनुसार इरानको जवाफी कारबाहीमा १४ जनाको मृत्यु भएको छ भने ३९० जना घाइते भएका छन्। मृतकमध्ये मध्य इजरायलमा ४, बट याममा ६ र ताम्रामा ४ जना महिला रहेको जनाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। दुवै देशबीचको यो भीषण द्वन्द्व अहिले चौथो दिनमा प्रवेश गरिसकेको छ र आक्रमण जारी रहेको कारण मृतक तथा घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

यस क्षेत्रीय द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै विश्व समुदायले इरान र इजरायललाई शान्ति र संवादको बाटो रोज्न आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ