२३ बैशाख २०८३, बुधबार । May 7, 2026

अहमदाबाद विमान दुर्घटना: बेलायती नागरिक विश्वास कुमार रमेशको जीवितै उद्धार


३० जेष्ठ २०८२, बिहिबार  

348
Shares

एजेन्सी । अहमदाबादमा भएको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा एक जना बेलायती नागरिक जीवित रहेको पुष्टि भएको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले उक्त विमानको सिट नम्बर ११ ए मा यात्रा गरिरहेका युवक जीवितै भेटिएको जानकारी दिएका हुन्। प्रहरी आयुक्त मलिकले भनेका छन्, “उनी हाल अस्पतालमा उपचाररत छन् र अवस्था स्थिर रहेको छ।”

यसअघि सार्वजनिक भएको यात्रु सूचीअनुसार सिट ११ ए मा बसेका यात्रुको नाम विश्वास कुमार रमेश रहेको जनाइएको थियो। उनी बेलायती नागरिक भएको समेत त्यस सूचिमा उल्लेख छ।

विश्वास कुमारको बयान:
भारतीय सञ्चार संस्थाका अनुसार विश्वास कुमारले दुर्घटनापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो बोर्डिङ पास देखाएका थिए, जसमा स्पष्ट रूपमा सिट नम्बर ११ ए र उनको नाम उल्लेख गरिएको थियो। उनले भनेका छन्, “उडान सुरु भएको झण्डै ३० सेकेन्डमै ठूलो आवाज आयो, अनि विमान जमिनमा खस्न थाल्यो। सबै कुरा अत्यन्त छिटो भयो, केही सोच्नसमेत पाइएन।”

उनको जीवित उद्धार हुनु चमत्कारसरह मानिएको छ। हाल उनको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको