४ असार २०८३, बिहिबार । June 18, 2026

गाजामा २ सय पत्रकारको हत्याः इएफजेको कडा निन्दा


२२ जेष्ठ २०८२, बिहिबार  

15
Shares

एजेन्सी । युरोपेली पत्रकार महासङ्घ (EFJ) ले गाजामा इजरायली आक्रमणका क्रममा पत्रकारहरूमाथि भएको आक्रमणलाई ‘अकल्पनीय नरसंहार’ भन्दै कडा शब्दमा निन्दा गरेको छ।

सन् २०२३ को अक्टोबरयता गाजामा २०० भन्दा बढी पत्रकार तथा मिडियाकर्मीको हत्या भएको तथ्य सार्वजनिक गर्दै EFJ ले इजरायली आक्रमणलाई प्रेस स्वतन्त्रता र मानव अधिकारमाथिको गम्भीर हमला भनेको छ। बुडापेस्टमा सम्पन्न दुईदिने बैठकपछिको बुधबार सार्वजनिक संयुक्त विज्ञप्तिमा इएफजेले ४७ युरोपेली मुलुकका १२० सदस्यहरूको सहमतिमा गाजामा भइरहेको हिंसात्मक कारबाहीको विरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाले युद्ध अपराधका प्रमाण सङ्कलन गरिरहेका पत्रकारहरूलाई चुप गराउन मिडिया नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।” संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले समेत यस कारबाहीलाई नरसंहारका रूपमा व्याख्या गरिरहेका छन्। इएफजेले पत्रकारहरूको निष्पक्ष रिपोर्टिङको अधिकारमाथि भएको हमलाको विरोध गर्दै पीडित प्यालेस्टिनी पत्रकारहरूप्रति ऐक्यबद्धता जनाएको छ।

महासंघले युरोपेली मिडियाकर्मीहरूलाई आफ्नो प्यालेस्टिनी सहकर्मीप्रति समर्थन जनाउँदै विभिन्न प्रतीकात्मक गतिविधिहरू सञ्चालन गर्न आह्वान गरेको छ। बैठकमा इयू निर्देशक समितिलाई विशेष जिम्मेवारी दिँदै, प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न र मध्यपूर्वमा सूचना स्वतन्त्रताको प्रत्याभूति गर्न तत्काल कदम चाल्न आग्रह गरिएको छ।

इएफजेले युद्धविरामको आह्वान गर्दै गाजामा अन्तर्राष्ट्रिय मिडियाको स्वतन्त्र पहुँच सुनिश्चित गर्न, नागरिक र पत्रकारमाथिको हिंसा रोक्न तथा जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउन जोड दिएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा