१ असार २०८३, सोमबार । June 16, 2026

डोटीमा जीप दुर्घटनाः एकको मृत्यु, आठ घाइते


१८ जेष्ठ २०८२, आइतबार  

9
Shares

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार, आज बिहान सुपप्र ०१–००१ ज १४६४ नम्बरको जीप बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। सो दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का ४२ वर्षीय मीन बमको ज्यान गएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा शैलेश्वरी अस्पताल दिपायल पुर्याइएका बमलाई चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीका अनुसार, दुर्घटनामा परेका जीप चालकसहित अन्य आठ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उपाधि दावेदार स्पेन केप भर्डेसँग बराबरीमा रोकियो

काठमाडौं । जारी फिफा विश्वकप–२०२६ मा उपाधि दावेदार टोली स्पेन

एनपीएल सिजन ३ः काठमाडौं गोर्खाजले रिटेन गर्यो मार्की करणसहित ६ खेलाडी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि काठमाडौं

फिफा विश्वकप २०२६ः आइभोरी कोस्टले इक्वेडरलाई १–० ले हरायो

काठमाडौं। अमाद डियालोले अन्तिक समयमा गरेको निर्णयक गोलमा आइभोरी कोस्टले

फिफा विश्वकप २०२६ः बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग २–२ को बराबरीमा जापान

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा

फिफा विश्वकप २०२६ः कुरासाओमाथि निर्मम बन्यो जर्मनी, ७–१ गोलअन्तरले हरायो

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको आफ्नो