६ बैशाख २०८३, आइतबार । April 19, 2026

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा छः मन्त्री रेग्मी


२३ कार्तिक २०७९, बुधबार  

6
Shares

इजिप्ट । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दक्षिण एसियाली देशहरूको कमजोर भूगोल र उच्च जनसङ्ख्याले यो क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरेकी छिन् ।

इजिप्टको शार्म एल शेखमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी कोप–२७ सम्मेलनका क्रममा दक्षिण एसियाली मुलुकहरूका वातावरणसम्बन्धी मन्त्रीहरूको बुधबार भएको बैठकमा उनले सो कुरा बताएकी हुन् । बैठकका विषयवस्तुले जलवायु सङ्कटलाई सम्बोधन गर्न एकजुट भएर काम गर्ने महत्वलाई ठीकसँग झल्काउने उल्लेख गर्दै उनले ‘ग्लोबल वार्मिङ’का कारण हिमालय क्षेत्रहरू विश्वका अन्य भागको तुलनामा तीव्रगतिमा बढ्दै गएको बताइन्। उनले भनिन्, “जलवायु परिवर्तनको असरले हाम्रो वर्षाको ढाँचालाई परिवर्तन गरेको छ ।

पहिरो, बाढी र डुबानका चरम घटना बढेका छन् । गत वर्ष, बेमौसमी वर्षा र भारी बाढीले हाम्रो ठूला खानेपानी पूर्वाधारहरू नष्ट गर्‍यो । ” यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा महिला, वृद्ध, गरिब र सीमान्तकृत आदिवासी तथा स्थानीय समुदाय रहेका बताउँदै मन्त्री रेग्मीले ती समुदाय कमजोर क्षमता र स्रोतहरूका कारण अनुकूलन गर्न समस्यामा छन् भनिन् ।

उनले भनिन्, “बढ्दो प्रदूषणले हाम्रो वातावरणलाई गम्भीररूपमा बिगारिरहेको छ । गरिबी न्यूनीकरण, प्राथमिक स्वास्थ्य सेवा र समावेशी विकासमा हामीले हासिल गरेको प्रगतिलाई जलवायु परिवर्तनले खतरामा पारेको छ । जलवायुसम्बन्धी हानी र नोक्सानीका कारण नेपालले हाल करिब २.० प्रतिशत जिडीपी घाटा भोगिरहेको छ ।”

यो शताब्दीको अन्त्यसम्ममा उक्त क्षति ११ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । तसर्थ, कोप–२७ ले अतिकम विकसित भूपरिवेष्टित पहाडी देशहरूका लागि अनुकूलनमा वित्त वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । यो क्षेत्रमा प्रविधिको पहुँच र क्षमता निर्माणका लागि सरल तरिकाहरू पनि चाहिने उल्लेख गर्दै उनले नेपालले उच्च पहाडी देशहरूमा हुने हानी र नोक्सानीलाई सहयोग गर्न वित्तको माग पनि गरेको जानकारी गराइन्।

यसका लागि नेपालले यसअघि नै आफ्नो ‘एनडिसी’ कार्यान्वयन योजना र दीर्घकालीन जलवायु वित्त रणनीति र कार्ययोजना पेश गरिसकेको छ । “क्षमता निर्माण, अनुकूलन र हरित, लचिलो र समावेशी विकासका लागि हामीलाई सहयोग चाहिन्छ । हामीले जलवायु वित्तमा द्रुत, प्रत्यक्ष र सजिलो पहुँचको माध्यमबाट मात्र हाम्रो लक्ष्यहरू पूरा गर्न सक्छौँ”, मन्त्री रेग्मीले भनिन् ।

कार्यक्रममा वन तथा बाताबरण मन्त्रालयका सचीव डा पेम नारायण कँडेलले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न यो मञ्च महत्वपूर्ण भएको बताउँदै यस्ले समन्वय गर्न पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित