२९ चैत्र २०८२, आइतबार । April 12, 2026

डोटीमा मिनीट्रक दुर्घटना: चालकसहित तीन जनाको मृत्यु


१० बैशाख २०८२, बुधबार  

42
Shares

कैलाली। डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा भीमदत्त राजमार्गअन्तर्गत आज बिहान भएको मिनीट्रक दुर्घटनामा चालकसहित तीन जनाको ज्यान गएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिएका छन्। धनगढीबाट बझाङतर्फ खाद्यान्न बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनीट्रक अनियन्त्रित भई करिब ५० मिटर तल सडकबाट खसेको थियो।

दुर्घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व