काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ।
सोमबार न्यायाधीस फुयालको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो। आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो। लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन्।







प्रतिक्रिया