२ बैशाख २०८३, बुधबार । April 16, 2026

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी


१ बैशाख २०८२, सोमबार  

99
Shares

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव र उमङ्गका साथ नयाँ वर्षलाई स्वागत गरिरहेका छन्, त्यहाँ अर्कोतर्फ आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले भने यो दिन पनि सडक संघर्षमै बिताइरहेका छन्।

विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गरिनुपर्ने मुख्य मागसहित चैत २० गतेदेखि निरन्तर आन्दोलनरत रहेका उनीहरूले नयाँ वर्षको सुरुवात पनि माइतीघर मण्डला–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दै मनाउने घोषणा गरेका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ वर्षको आरम्भ विद्यार्थी, शिक्षक, कर्मचारी र सम्पूर्ण विद्यालय शिक्षा प्रणालीको उन्नयनका पक्षमा संघर्षमा खर्चिन लागिएको बताए। उनले माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने स्पष्ट पार्दै, “जति ढिला हुँदै जान्छ, उति नै ऊर्जा र प्रतिबद्धता बढ्दै जान्छ,” उनले भने।

उनले राज्यलाई शिक्षक समुदायका न्यायिक मागहरू स्वीकार गर्नुको विकल्प नरहेको पनि चेतावनी दिए। आन्दोलनमा अझ व्यापक सहभागिता सुनिश्चित गर्न देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई एकजुट हुन आह्वान गर्दै, सुवेदीले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नगरेको प्रति असन्तोष जनाए।

उनीहरूले शान्तिपूर्ण तर दृढ रूपमा आफ्नो हक र अधिकारका लागि आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाएका छन्। नयाँ वर्षको दिनले आन्दोलनलाई अझ नयाँ जोश र संकल्पको रूप दिएको आन्दोलनरत शिक्षकहरूको भनाइ छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व