२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

नयाँ वर्ष २०८२: शुभकामनासहितको उत्सव, मन्दिरहरूमा भक्तजनको भीड (तस्बिरसहित)



काठमाडौं । आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपाली नयाँ वर्षको पहिलो दिन, देशभर उल्लास र शुभकामनासहित मनाइँदैछ।

नयाँ आशा, योजना र सकारात्मक ऊर्जा बोकेर आएको यो दिनलाई नेपालीहरूले परम्परागत शैलीमा हर्षोल्लासका साथ स्वागत गरेका छन्। नयाँ वर्षको सुरुवातसँगै धेरैले विगत वर्षका अनुभवलाई आत्मसात् गर्दै सफलताको समीक्षा र असफलताको मूल्याङ्कन गर्दछन्। विगतका गल्तीहरूबाट सिक्दै नयाँ संकल्प, योजना र आत्मबलसहित आगामी दिनहरू अझ राम्रो बनाउने अपेक्षा राखिन्छ।

आज बिहानै उठी स्नान गर्ने, घर र आँगन सफा गर्ने, मठ–मन्दिरमा गई पूजा–आराधना तथा दर्शन गर्ने, स्वादिला परिकारहरू पकाई खाने, साथै आफन्त, इष्टमित्र र साथीहरूलाई भेटेर शुभकामना साटासाट गर्ने परम्परा रहेको छ। काठमाडौंको पशुपतिनाथ, बुढानीलकण्ठ, स्वयम्भू, चाँगुनारायण लगायतका प्रसिद्ध मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको छ। देशका अन्य भागहरूमा समेत पूजाआर्जना गरी नयाँ वर्षको शुभारम्भ गरिँदैछ।

नयाँ वर्षले नेपाली जनजीवनमा शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्ने कामनासहित आजको दिनलाई विशेष रुपमा मनाइँदैछ। नयाँ वर्ष केवल पात्रोको परिवर्तन मात्र नभई, नयाँ उमङ्ग, जोश र आशाको सुरुवातको रूपमा समेत लिइन्छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी वायुको प्रभाव बढ्दोः आज कुन-कुन ठाउँमा छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव

भारत–पाकिस्तान तनावः २४ विमानस्थल बन्द, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

काठमाडौं । भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्दूर’ पश्चात् भारत–पाकिस्तानबीचको