६ बैशाख २०८३, आइतबार । April 19, 2026

शिक्षकका समस्याको तत्काल समाधान गर्न नेकपा (एस) को आग्रह


२४ चैत्र २०८१, सोमबार  

18
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले शिक्षा ऐन तुरुन्त पारित गर्न र शिक्षकका जायज मागलाई छिटो वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

पार्टीले शिक्षकको आन्दोलनसँग एक्यबद्धता प्रकट गर्दै, शैक्षिक क्षेत्रका वाजिब मागहरू पूरा गर्न र सरकारले पहिले गरेका सम्झौताहरूलाई कार्यान्वयन गर्नुपर्ने कुरा उठाएको हो। पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, “यस आन्दोलनले शैक्षिक क्षेत्रमा ठूलो असर पुर्याएको छ, पठनपाठन प्रभावित भएको छ र एसईईको उत्तरपुस्तिका परीक्षणमा पनि समस्या आएको छ। यो राज्यका लागि गम्भीर विषय हो, र हाम्रो पार्टी शिक्षकको आन्दोलनप्रति पूर्ण एक्यबद्धता जनाउँछ।”

नेपाल शिक्षक महासंघको नेतृत्वमा, चैत्र २० देखि देशभरिका शिक्षक र विद्यालयका कर्मचारीहरूले गुणस्तरीय शिक्षा र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित