३ बैशाख २०८२, बुधबार । April 16, 2025

लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयासको नतिजा होः कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै जादू नभएर इमानदार प्रयासको फल भएको बताएका छन्।

बर्खास्तीपछिको पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणलाई आत्मनिर्भर बनाउन सफल भएको दाबी गरे। “वैदेशिक मुद्राको अभावको बेला विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौं, घाटामा रहेको प्राधिकरणलाई अर्बौं नाफामा पुर्‍यायौं, र घरघरमा बिजुली पुर्‍याउन सकेका छौं,” घिसिङले भने, “यही नै मेरो कार्यकालको मुख्य उपलब्धि हो।”

सरकारले कार्यकाल बाँकी रहँदै घिसिङलाई पदबाट हटाएपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यद्यपि, सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनले अहिले मिडियामार्फत् आफ्ना भनाइ सार्वजनिक गरिरहेका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले