२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयासको नतिजा होः कुलमान घिसिङ


२१ चैत्र २०८१, शुक्रबार  

33
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै जादू नभएर इमानदार प्रयासको फल भएको बताएका छन्।

बर्खास्तीपछिको पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणलाई आत्मनिर्भर बनाउन सफल भएको दाबी गरे। “वैदेशिक मुद्राको अभावको बेला विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौं, घाटामा रहेको प्राधिकरणलाई अर्बौं नाफामा पुर्‍यायौं, र घरघरमा बिजुली पुर्‍याउन सकेका छौं,” घिसिङले भने, “यही नै मेरो कार्यकालको मुख्य उपलब्धि हो।”

सरकारले कार्यकाल बाँकी रहँदै घिसिङलाई पदबाट हटाएपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यद्यपि, सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनले अहिले मिडियामार्फत् आफ्ना भनाइ सार्वजनिक गरिरहेका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ