२६ चैत्र २०८१, बुधबार । April 9, 2025

प्रधानमन्त्री ओलीले भेटे पत्रकार सुरेश रजकका परिवारलाई, न्यायको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले अराजक समूहद्वारा गरिएको आगजनीका कारण अकालमै ज्यान गुमाएका रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई गहिरो समवेदना प्रकट गरे। साथै उनले घटनाको विस्तृत छानबिन भइरहेको बताउँदै दोषीमाथि कडा कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

साथै, उनले मृतक रजकको दाहसंस्कार छिटो सम्पन्न गर्न परिवारजनलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले सुरेश रजककी श्रीमती सुजन रजकलाई रोजगारी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन पनि दिए।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै

आगोमा बल्यो जयगढः २७ घर खरानी, ७ करोड बढीको क्षति

अछाम । बान्निगढी जयगढ गाउँपालिका–स्थित जयगढ बजारमा गएरातिको भीषण आगलागीले