१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्यास प्रहारपछि अवस्था नियन्त्रणमा



काठमाडौं । १५ दिनअघिको घटनालाई लिएर जनकपुरमा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।

जनकपुरधाम उपमहानगरपालिका-२३, विन्धीमा स्थानीयले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि स्थिति तनावपूर्ण बनेको हो। झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन्, तर उनीहरूको विस्तृत विवरण आउन बाँकी छ। स्थानीयहरूले छुरा प्रहार घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका थिए।

प्रदर्शन बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रण गर्न दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। यस घटनाको सुरुवात गत चैत २ गते भएको थियो, जब होली खेल्ने क्रममा कुर्ता च्यातिएको विषयलाई लिएर २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई घरबाट बोलाई छुरा प्रहार गरेका थिए।

घटनामा आशुको दर्दनाक मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए। धर्मेन्द्र महतो घटनालगत्तै पक्राउ परिसकेका छन्। अहिले स्थिति सामान्य भइसकेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको