२२ चैत्र २०८१, शनिबार । April 6, 2025

काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना, एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक गएराति भएको गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

धादिङबाट काठमाडौं आउँदै गरेको खसी बोका बोकेको टाटा गाडी (प्र ३ –०१–०२४ च ८३२२) साइड दिने क्रममा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। राति करिब ८ः५० बजे भएको दुर्घटनापछि घाइते अवस्थाका तीन जनालाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।

तर, गोरखा निवासी ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त दुर्घटनामा गोरखाकै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्।

उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाल गीतान्जली स्कुलमा अभिभावक अभिमुखिकरण र प्री-स्कुल दीक्षान्त कार्यक्रम सम्पन्न

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले अभिभावक अभिमुखिकरण,

नेपालमा शुरु हुँदै अन्तर्राष्ट्रिय फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षामा नयाँ प्रविधिहरूको

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी

चैते दसैँ विशेषः नवदुर्गा आराधना, शक्ति साधना र रामनवमीको उल्लास

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरू आज चैत्र शुक्ल अष्टमीको दिन