५ बैशाख २०८३, शनिबार । April 19, 2026

पाकिस्तानमा डेङ्गीका कारण २४ घन्टामा ५ जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

एजेन्सी । पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेङ्गीको प्रकोप झन् बढेको पाइएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ । पञ्जावमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेङ्गीको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ । यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ घरबारबिहीन भएका छन् ।

बाढीपछिको फोहर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेङ्गीको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित