७ चैत्र २०८२, शनिबार । March 22, 2026

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत


२ फाल्गुन २०८१, शुक्रबार  

444
Shares

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा ६७ विद्यार्थी पुरस्कृत भएका छन् ।

हिन्दु स्वयंसेवक संघद्धारा शुक्रबार टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरु मध्य शतप्रतिशत नतिजा ल्याउने ६७ विद्यार्थी पुरस्किृत भएका हुन् । उनीहरुले सबै प्रश्नको उत्तर मिलाएर नगद र प्रमाणपत्र प्राप्त गरे । सबै प्रश्नको उत्तर मिलाउने विद्यार्थीको नाम गोलाप्रथाबाट निकाल्दा प्रथम, द्वीतिय र तृतीय स्थान हासिल गर्ने चयन भएका थिए ।

संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका अच्युत नेपालले प्रथम स्थान हासिल गर्दै ५१ हजार नगरद पुरस्कार जिते । सहिद स्मारक मावि किर्तिपुरका लोकराज जैसीले द्वीतिय स्थान प्राप्त गर्दै ३१ हजार र दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमलाले तृतीय स्थान हासिल गर्दै २१ हजार नगद प्राप्त गरिन् ।

सबै प्रश्नको उत्तर मिलाएर एक एक हजार नगद पुरस्कार जित्नेहरुमा तरुण माविका असिम अर्याल, राधभी भण्डारी, ब्राइट फ्युचर माविका कलश ढुंगाना, प्रतिक कुमार ठाकुर, निकिता झा र रीतिका गदाल, कुलेश्वर माविकी आराध्या रौनियार, विश्व निकेतन माविका कुणाल शर्मा, प्रतिक यादव, कविन्द्र राउत, मंगल माविका मोहन बस्नेत, सुनम धामी, रितासिंह ठकुरी, नाइटिङ्गेल स्कुलका मिसन पराजुली, दिप्सन पाण्डे, जया चौधरी र सम्भव पाण्डे, इलिक्य एकेडेमीका सालिन राई, गान्धी आदर्श माविका नरेश फडेरा, सार्थक थापा, संगम बुढाथोकी र सुयोग खर्गा छन् ।

यसैगरी, भ्याली पब्लिक स्कुलकी इसिला महर्जन, सुबिना श्रेष्ठ र सुमी श्रेष्ठ, जया मल्टिपल क्याम्पसका मोहम्मद अली, मनकामना माविकी उमा राई, तरुण माविका प्रयाग भट्ट, कृष कुमार शाह, राधभी भण्डारी, प्रेरणा माविका पाँच जना विद्यार्थीहरु अम्बिका भारती, सुप्रित वि।क।, नविना न्यौपाने, मन्जु मगराती र रोजिना विसुन्केले सबै प्रश्नको उत्तर मिलाएर पुरस्कार जिते । संस्कृत माविकी युयशा दाहाल, बुढानिलकण्ठ माविका अध्ययन झा, एलेश ढकाल र आरती गिरी छन् । नेपाल वेद विद्याश्रमका पर्वत प्रसाद पौडेल, रमण घिमिरे, हरि प्रसाद नेपाल, विमर्श पोखरेल, अविरलबाबु नेपाल, प्रवेश आचार्य, प्रद्युम्न कोइराला र सम्पन्न खतिवडा, कन्या मन्दिर माविकी करुणा भट्टराई, कसिस स्कुलका माधवकुमार अर्याल, सुर्योदय माविकी अनन्या सैंजु, श्रीन्मल माविका सचिन रोडी, कुलेश्वर आवाशीय माविका सङलाम तामाङ, शारदा माविका बुद्धिमान स्याङ्तान, हिमालय कलेजकी सुनिता भण्डारी, पद्मोदय माविका आदित्य कुमार प्रजापती, मनकामना माविकी सुदिक्षा कँडेल छन् ।

आइडियल माविकी शिवांगी मिश्रा, सुर्योदय आवाशीय माविकी स्वेक्षा बस्नेत, कुलेश्वर माविका प्रकाश शाह, टेक्सास इन्टरनेशनलका कृष्णकुमार राउत, ब्राइट फ्युचर माविका विपिन थापा छन् । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथिको रुपमा रहेको थिए ।

हिन्दु स्वयंसेवक संघले विगत १३ बर्षदेखि यसरी नै संस्कृति ज्ञान परिक्षा सञ्चालन गर्दै आएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्व-संस्कृतिप्रति गौरवभाव जागृत गराउने र नेपालको हिन्दु धर्म र संस्कृतिको बारेमा अहिलेका बालबालिका हरुलाई समेत ज्ञात गराउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रममा ६ देखि १२ कक्षासम्म अध्यनरत हजारौँ विद्यार्थीहरुको सहभागिता रहेको थियो । हरेक बर्ष सहभागी विद्यार्थीहरुको संख्या बढ्दै गएको समेत आयोजक हिन्दु स्वयंसेवक संघले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो