८ आश्विन २०८३, बिहिबार । September 24, 2026

कजाकस्तान विमान दुर्घटना अपडेटः कम्तिमा ३० जनाको मृत्यु, २९ जनाको जीवितै उद्दार


१० पुस २०८१, बुधबार  

1.4k
Shares

एजेन्सी । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार २९ जनाको जीवितै उद्दार गरिएको जनाइएको छ । यात्रु र चालकदलका सदस्य गरि ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको हो । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।

काजाकस्तानको आपत्कालीन मन्त्रालयका अनुसार विमानमा ६३ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको अजरबैजान एअरलाइन्सको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमान दुर्घटनाको पूर्ण विवरण भने अझै पनि आउँन बाँकी नै छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको