२४ जेष्ठ २०८३, आइतबार । June 7, 2026

युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना


१९ कार्तिक २०७९, शनिबार  

9
Shares

एजेन्सी । रुस -युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी – ७ राष्ट्रहरूले संयन्त्र बनाउँने भएका छन् ।

अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका छन् । आज हामी युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न जी ७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ, जी ७ विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसै बीच जारी रुस- युक्रेनयुद्धमा मस्कोसँग इरानको गहिरो सैन्य पङ्क्तिबद्धता देखिएको र चीनको बढ्दो दृढ समर्थन आदिका बारेमा छलफल गर्न जर्मनीले पश्चिमी जर्मन शहर मुएन्स्टरमा दुई दिने बैठक आयोजना गरेको छ। जी- ७ राष्ट्रहरूले रुसलाई तत्काल युद्ध रोक्न र सैन्य आक्रमण र सैन्य सामग्री फिर्ता लिन आग्रह गरेका छन् ।

उनीहरूले रुसले पछिल्ला दिनहरूमा ऊर्जा क्षेत्रलाई लक्ष्यित गरेर इरान निर्मित ड्रोन र अन्य मिसाइल हतियार प्रयोग गरेर गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । रुसको पछिल्लो आक्रमणबाट करिब ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस भएको र जनता लामो समयसम्म अन्धकारमा बस्नुपर्ने बाध्यता आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६