२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

साउदीका विश्वविद्यालयमा योग कक्षा सञ्चालन



ऐजेन्सी । योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले देशभरका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ ।

साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो । योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको थियो र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तरराष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य रहेको थियो। साउदी युनिभर्सिटी स्पोर्ट्स फेडेरेसनसँगको सहकार्यमा साउदी योग समितिले रियादमा कार्यक्रम आयोजना गरेको हो ।

युवाहरूलाई व्यावसायिक योग प्रशिक्षणमा सामेल हुन उत्प्रेरित गरराउँने उद्देश्यले विश्वविद्यालय भित्र व्यावसायिक योगासन प्रतियोगिताहरूको विस्तार गर्ने योजना राखिएको छ । साउदी योग समितिका अध्यक्ष नौफ अलमारवाईले समितिले साउदी समाजमा व्यापक मात्रामा योगशिक्षा फैलाउने उद्देश्य राखिएको छ। योगप्रेमीको पुस्ता निर्माण गर्न साउदी विश्वविद्यालयहरूले खेलकुद महासंघसँग सहकार्य गर्न पहल गरेको बताइएको छ ।

अलमारवाईले समितिले अभ्यासकर्ताहरूको सङ्ख्या बढाउन एवं स्थानीय र क्षेत्रीय योग प्रतियोगितामा भाग लिने योग टोलीहरू निर्माण गर्न खोजिएको बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको