२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बंगलादेशमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुग्यो



एजेन्सी । बङ्गलादेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् । बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनले देखाएको छ ।

भारी मौसमी वर्षाका कारण आएको बाढी र भारतीय सीमानाका पहाडबाट आएको पानीको बहावले सडकहरू बगाएपछि अधिकारीहरूले अझै पनि दक्षिण पूर्वी र उत्तरी जिल्लाहरूमा आपूर्ति गर्न सङ्घर्ष गरिरहेका छन् ।

बाढीले उत्तरी र दक्षिण पूर्वी क्षेत्रका विशाल क्षेत्रहरूमा घर र बालीमा व्यापक क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको