२३ माघ २०८२, बिहिबार । February 5, 2026

गस्तीमा रहेको प्रहरीमाथि डाकु समूहको रकेट आक्रमण, ११ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा ११ जना प्रहरी जवानको मृत्यु भएको छ भने ५ प्रहरी घाइते भएका छन् ।

रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पञ्जाव प्रहरीका अनुसार मचका नदी क्षेत्रमा साप्ताहिक गस्ती सकेर फर्किएका दुई गाडीमध्ये एउटा गाडी बिग्रिएर रोकिएको अवस्थामा रकेट आक्रमण भएको हो। यही क्षेत्रमा गत महिना भएको आक्रमणमा एक प्रहरी अधिकारी मारिएका थिए भने ४ आक्रमणकारीको ज्यान गएको थियो।

मचका नदी तटीय क्षेत्रमा लामो समयदेखि सक्रिय आपराधिक समूह नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाइरहे पनि सफल हुन सकेको छैन। पाकिस्तानको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा समितिको गत अप्रिलमा भएको बैठकले सिन्ध र पञ्जाव प्रहरीको बलले डकैतीविरुद्ध संयुक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो।

पाकिस्तानको प्रहरी बल चोरी डाकुका साथै आतंककारी समूहको निशानामासमेत पर्दै आएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल