९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज


७ भदौ २०८१, शुक्रबार  

15
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ ।

हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ । ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उनलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

विरोध प्रदर्शनका क्रममा कथित मानवाधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घको टोली बिहीबार बङ्गलादेश पुगेको छ । ‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए’, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति/पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ ।’

हसिनाको सरकारमाथि ठूलो मात्रामा दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या थियो । हसिना र उनका कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन् ।

‘उपर्युक्त व्यक्तिहरूले सामान्य राहदानीका लागि नयाँ आवदेन दिँदा दुईवटा सुरक्षा निकायले उनीहरूको राहदानी जारी गर्नका लागि निवेदनलाई मञ्जुरी दिनुपर्छ, मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको