२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पाकिस्तानमा मनसुनी वर्षाका कारण २ सय १५ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २ सय १५ जनाको मृत्यु भएको छ।

जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि सुरु भएको मनसुनमा घाइतेको संख्या ४ सय ५ पुगेको एनडिएमएले जनाएको छ। सिजनभर मृतकहरूमा १ सय ८ बालबालिका र ३२ महिलाहरू समावेश छन्।

पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो। त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको थियो। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ। एनडिएमएले उल्लेखित अवधिमा ४ सय ४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५ सय ७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ।

आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ। सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १ सय २ जनाले उपचार वा राहत पाएको जनाएको छ।

मनसुन सिजन दक्षिण एसियाली देशमा सेप्टेम्बरसम्म चल्छ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको