१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

ग्रीसको जंगलमा आगलागी, राजधानी एथेन्सतर्फ तीव्र रुपमा बढ्दै


२९ श्रावण २०८१, मंगलबार  

1.7k
Shares

एजेन्सी । एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले संघर्ष गरिरहेका छन् ।

आगलागीले हजारौँ बासिन्दालाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ ।​ ग्रीस सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ । ग्रीस राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । टेलिभिजन फुटेजले निया पेन्टेली र व्रिलिसियामा धेरै कार आगोले जलेको र घरका छानाहरू जलेको देखाएको छ ।

एउटा विद्यालय र घरहरूमा आगो लागेको छ र म टाउन हलतिर आगो आइरहेको देख्न सक्छुु, पेन्टेलीका मेयर नतासा कोस्मोपौलोले भने, स्थिति नाटकीय छ । ग्रीसले सोमबार औपचारिकरूपमा युरोपेली संघ (इयु) सँग सहायताका लागि आव्हान गरेको एक प्रवक्ताले बताए । इयुका प्रवक्ता बालाज उज्वारीले विज्ञप्तिमा भने, ग्रीस अधिकारीहरूको अनुरोधमा इयुका नागरिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको थियो ।

उनले इटाली, फ्रान्स, चेक गणतन्त्र र रोमानियाले मद्दतका लागि युनिटहरू पठाएको जानकारी दिए । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले पेरिसले आफ्ना कठिन दबाबमा परेका ग्रीस सहकर्मीहरूलाई सहयोग गर्न एक सय ८० अग्निनियन्त्रक, ५५ ट्रक र एउटा हेलिकप्टर पठाएको बताए ।

एथेन्सबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा रहेको वार्नभास सहरमा आइतबार दिउँसो डढेलो सुरु भएको थियो । हावाको तीव्रतासँगे आगो ३० किलोमिटरसम्म फैलिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली