२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई



एजेन्सी । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा.मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाई पाएका छन् ।

बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाई दिइएको थियो । त्यस्तै, सरकारकी सल्लाहकार नूरजहाँ बेगमले पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् ।

बंगलादेशी पत्रिका डेली स्टारकाअनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएको हो । मोहम्मद युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो । युनुस बाहेक ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो ।

यसै वर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो । त्यस्तै, गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । यस मुद्दामा पनि युनुसले सफाई पाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको