२१ मंसिर २०८२, शनिबार । December 7, 2025

केरला पहिरो अपडेटः हालसम्म २ सय ५० जनाको मृत्यु



एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ ।

१ सय ३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २ सय ४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका छन् ।

सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई राहत शिविरमा पठाइएको छ । गृहमन्त्री अमित शाहले बुधबार संसदमा केरला सरकारलाई २३,२४ जुलाईमा नै सतर्क गराइएको र सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने बताएका थिए।

मुण्डक्काई गाउँबाहिर रहेको इला रिसोर्ट र वाना रानी रिसोर्टमा अलपत्र परेका १९ पर्यटकको बुधबार सेनाले उद्धार गरेको हो । घटनापछि उनीहरू यहाँ अलपत्र परेका थिए । डिफेन्स पीआरओका अनुसार १ सय २२ इन्फन्ट्री बटालियन (टीए) मद्रासका सेनाले सबै नागरिकहरूलाई चुरलमालासम्म निकाल्न डोरीको सहायताले मानव पुल बनाएका थिए।

दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ । जुलाइ ३० मा १२ जिल्लामा विद्यालय–कलेज बिदा दिइएको छ । केरला विश्वविद्यालयले जुलाई ३० र ३१ मा हुने भनिएको सबै परीक्षा स्थगित गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको