२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो



एजेन्सी । दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ ।

गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको सङ्ख्या २१ लाख ३४ हजार ५६९ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशतले कम हो । सन् २००६ मा तथ्याङ्क सङ्कलन गर्न थालिएयता सन् २०२० मा विदेशी जनसङ्ख्यामा पहिलो पटक गिरावट आएको र सन् २०२१ मा दोस्रो वर्ष घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

विदेशी कामदार, विद्यार्थी र विवाहित आप्रवासीसहित दक्षिण कोरियाली नागरिकता नभएका विदेशी नागरिकको सङ्ख्या गत वर्षको नोभेम्बर १ मा १६ लाख ४९ हजार ९६७ पुगेको थियो । यो सन् २०१९ को तुलनामा २.७ प्रतिशतले कम हो । उक्त अवधिमा अङ्गीकृत दक्षिण कोरियालीहरूको पढाइ ५.९ प्रतिशतले बढेर दुई लाख १० हजार ८८० पुगेको छ भने विदेशी नागरिकका छोराछोरीको सङ्ख्या ४.६ प्रतिशतले बढेर दुई लाख ७३ हजार ७२२ पुगेको छ ।

राजधानी सियोल आसपासको ग्योन्गी प्रान्तमा गत वर्ष ७ लाख १४ हजार ४ सय ९७ विदेशी नागरिक बसोबास गरेका थिए । यो कूल सङ्ख्याको ३३ दशमलव ५ प्रतिशत हो । त्यसपछि धेरै विदेशीको बसोबास सियोलमा २० प्रतिशत र पश्चिमी बन्दरगाह शहर इन्चोनमा ६.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको