२२ माघ २०८२, बुधबार । February 4, 2026

दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो



एजेन्सी । दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ ।

गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको सङ्ख्या २१ लाख ३४ हजार ५६९ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशतले कम हो । सन् २००६ मा तथ्याङ्क सङ्कलन गर्न थालिएयता सन् २०२० मा विदेशी जनसङ्ख्यामा पहिलो पटक गिरावट आएको र सन् २०२१ मा दोस्रो वर्ष घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

विदेशी कामदार, विद्यार्थी र विवाहित आप्रवासीसहित दक्षिण कोरियाली नागरिकता नभएका विदेशी नागरिकको सङ्ख्या गत वर्षको नोभेम्बर १ मा १६ लाख ४९ हजार ९६७ पुगेको थियो । यो सन् २०१९ को तुलनामा २.७ प्रतिशतले कम हो । उक्त अवधिमा अङ्गीकृत दक्षिण कोरियालीहरूको पढाइ ५.९ प्रतिशतले बढेर दुई लाख १० हजार ८८० पुगेको छ भने विदेशी नागरिकका छोराछोरीको सङ्ख्या ४.६ प्रतिशतले बढेर दुई लाख ७३ हजार ७२२ पुगेको छ ।

राजधानी सियोल आसपासको ग्योन्गी प्रान्तमा गत वर्ष ७ लाख १४ हजार ४ सय ९७ विदेशी नागरिक बसोबास गरेका थिए । यो कूल सङ्ख्याको ३३ दशमलव ५ प्रतिशत हो । त्यसपछि धेरै विदेशीको बसोबास सियोलमा २० प्रतिशत र पश्चिमी बन्दरगाह शहर इन्चोनमा ६.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल