११ असार २०८३, बिहिबार । June 25, 2026

भारी बर्षाले भारतको आर्थिक राजधानी मुम्बई ठप्प, रेल तथा उडान सेवा प्रभावित


२६ असार २०८१, बुधबार  

207
Shares

एजेन्सी । मंगलबारदेखि निरन्तर परेको भारी बर्षाका कारण भारतको आर्थिक राजधानी मुम्बई ठप्प भएको छ ।

विश्वविद्यालय र वरपरका शैक्षिक संस्थाहरु बन्द गरिएको छ । भारी बर्षापछि रेल तथा उडान सेवा प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ । यससँगै मुम्बई विश्वविद्यालयले मंगलबारका लागि निर्धारित सबै परीक्षा स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी गरेको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपत् प्रतिक्रिया बलका टोलीहरू ठाणे, बसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएका छन् । यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर