८ आश्विन २०८३, बिहिबार । September 24, 2026

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित


२५ असार २०८१, मंगलबार  

207
Shares

एजेन्सी । भारी बर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।

भारी बर्षा पछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटर भन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ । बर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मङ्गलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसै गरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

मौसम पूर्वानुमानमा, भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको