२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

फिलिपिन्स अपडेट

बाढीमा परि ३१ जनाको मृत्यु



एजेन्सी । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको छ ।

साथै कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवम् स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा १६ जना, दातु ब्लाह सिनसुआतमा १० जना र उपीमा पाँच जनाको ज्यान गएको हो ।

डुबेर र पहिरोमा परी उनीहरूको ज्यान गएको बताउँदै उनले बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । इन्डानाओको प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् ।

फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा

एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा

चार वायुको प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु तथा