२१ बैशाख २०८२, आइतबार । May 4, 2025

एलन मस्क बने ट्विटरका नयाँ मालिक



एजेन्सी । विश्वको अग्रणी माइक्रोब्लगिङ एप ट्विटर विश्वकै धनी एलोन मस्कले किनेका छन् ।

मस्कले सिइओ पराग अग्रवाललगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्। टेस्लाका सिइओ एलोन मस्क शुक्रबार ट्विटर अधिग्रहणको अन्तिम मिति अघि नै यसको नयाँ मालिक बनेका छन् । समाचार रिपोर्टका अनुसार ट्विटरका सिइओ अग्रवाल र मुख्य वित्तीय अधिकारी (सिएफओ) नेड सेगललाई मस्क मालिक बनेपछि बर्खास्त गरिएको थियो।

मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटरको अधिग्रहणको घोषणा गरेका थिए। उनले प्रति सेयर ५४.२ डलरमा ४४ अर्ब डलरको सम्झौता प्रस्ताव गरेका थिए। तर, ट्विटरको फेक अकाउन्टका कारण ट्विटर र उनीबीच विवाद भयो र उनीहरूले ९ जुलाईमा सम्झौताबाट पछि हट्ने निर्णय गरे। यसपछि ट्विटरले अमेरिकी अदालतमा मस्कविरुद्ध मुद्दा दायर गरेको थियो।

यसमा डेलावेयरको अदालतले अक्टोबर २८ सम्ममा ट्विटरको सम्झौता पूरा गर्न आदेश दिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिभी–२०२६ नतिजा सार्वजनिकः कसरी हेर्ने ?

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा

देशभरि बदलीः केही दिनसम्म वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो समय नेपालको पश्चिमी भूभागबाट विकसित भएका वर्षायुक्त

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने