२२ माघ २०८२, बुधबार । February 4, 2026

एलन मस्क बने ट्विटरका नयाँ मालिक



एजेन्सी । विश्वको अग्रणी माइक्रोब्लगिङ एप ट्विटर विश्वकै धनी एलोन मस्कले किनेका छन् ।

मस्कले सिइओ पराग अग्रवाललगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्। टेस्लाका सिइओ एलोन मस्क शुक्रबार ट्विटर अधिग्रहणको अन्तिम मिति अघि नै यसको नयाँ मालिक बनेका छन् । समाचार रिपोर्टका अनुसार ट्विटरका सिइओ अग्रवाल र मुख्य वित्तीय अधिकारी (सिएफओ) नेड सेगललाई मस्क मालिक बनेपछि बर्खास्त गरिएको थियो।

मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटरको अधिग्रहणको घोषणा गरेका थिए। उनले प्रति सेयर ५४.२ डलरमा ४४ अर्ब डलरको सम्झौता प्रस्ताव गरेका थिए। तर, ट्विटरको फेक अकाउन्टका कारण ट्विटर र उनीबीच विवाद भयो र उनीहरूले ९ जुलाईमा सम्झौताबाट पछि हट्ने निर्णय गरे। यसपछि ट्विटरले अमेरिकी अदालतमा मस्कविरुद्ध मुद्दा दायर गरेको थियो।

यसमा डेलावेयरको अदालतले अक्टोबर २८ सम्ममा ट्विटरको सम्झौता पूरा गर्न आदेश दिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल