२१ बैशाख २०८२, आइतबार । May 4, 2025

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ



चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु लोपोन्मुख अवस्थामा पुगेको सती घाटु नाँच संरक्षणमा जुटेका छन् ।

गाउँपालिकाका अन्य गुरुङ बस्तीहरुमा घाटु नचाउँन छाडे पनि यहाँका स्थानीय त्यसको संरक्षणमा लागेका छन् । स्थानीय सुजन गुरुङले पहिले इच्छाकामना गाउँपालिकाका अधिकांश गुरुङ गाउँमा घाटु नचाइने गरिए पनि पछिल्लो समय यो नाच हराउने अवस्थामा पुगेको बताए ।

यद्दपि इच्छाकामनाको स्वरबिस्ना गाउँमा भने यो नाँचलाई निरन्तरता दिइएको उनको भनाइ छ । उनका अनुसार यस वर्ष पनि स्थानीय पन्थदेवी आमा समूहको आयोजनामा यही जेठ ११ गतेदेखि सति घाटु नाच नचाइँदै छ । गुरुङले घाटु गुरुआमा मङ्गलीमाया गुरुङको नेतृत्वमा ६ जना गुरुआमाहरुले घाटु गीत गाउने र नौ जना कन्यालाई घाटु नचाइने जानकारी दिनुए ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा बसन्तपञ्चमीबाट सुरू भएको घाटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । एक दशक अघिसम्म इच्छाकामनाका अधिकांश गुरुङ गाउँमा नचाइने घाटु पुस्तान्तरण हुन नसक्दा हराउँदै गएको स्थानीय चित्रबहादुर गुरुङले बताए ।

याकराङ, ढुङ्ग्रे काटीश्वरालगायतका गाउँमा केही वर्ष अघिसम्म घाटु नाँच नचाइने गरे पनि निरन्तरता नपाएका उनको भनाइ छ । “यहीले गुरुङ बाहुल्य गाउँमा घाटु नाँचका लागि गुरु आमा भेटिदैँनन्, पछिल्लो समय बसाइँसराइ र पुस्तान्तरण नहँुदा समस्या आएको हो । अब सय विषयमा सचेत नहुने हो भने कसैले पनि घाटु नाच देख्न पाउने छैनन्”, उनले चिन्ता जाहेर गरे ।

घाटु नाँच सती र बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सति श्रीपञ्चमीमा सुरू भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे जुनबेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएका घाटु नृत्य ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरु बताउँछन् ।

उनिहरुले दिएको जनाकारी अनुसार सत्रौँ सताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्य प्रारम्भ गरिन्छ ।

लमजुङ, कास्कीलगायतका जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन, गोरखालगायतका स्थानमा तीन कन्या वा विजोर सङ्ख्या पारी जति पनि कन्यालाई समावेश गरेर घाटु नचाइने गरिन्छ । पुरानो सांस्कृतिक नाँच भए पनि नयाँ पुस्ताको चासो नहुनु र पुरानो पुस्ताबाट हस्तान्तरणका लागि पहल नहुनुजस्ता कारणले लोप हुँदै गएको नाच संरक्षणका लागि आफूहरुका लागिपरेको स्थानीय सुजन गुरुङले बताए । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शङ्गार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, अटाएनन् कुशल मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जेठ तेस्रो साताबाट

कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु : ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । देशभरका कक्षा १२ का विद्यार्थीहरूका लागि वार्षिक परीक्षा