१९ बैशाख २०८२, शुक्रबार । May 2, 2025

अफ्रिकामा शरणार्थीहरुको अवस्था सङ्कटपूर्ण : राष्ट्रसङ्घ



एजेन्सी । संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिक लगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो । साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्ले दिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताएका हुन । उनका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको उनको भनाई छ । सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मङ्गलबार उनले दिएको प्रतिक्रियामा सो कुरा बताएका हुन ।

सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसघसँग रहेको उनले बताए । उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

१५० ओटा स्कुल लिडरहरूको सहभागीता सहित नेसनल प्याब्सन काठमाडौंको एकदिने तालिम सम्पन्न

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय प्राचार्य, सह–प्राचार्य

सुनको मूल्य स्थिर, चाँदीको भाउमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रह्यो भने

‘झिल्को’ चलचित्र होइन चेतना हो ! हेर्न छुट्नुभयो कि ?

काठमाडौं । मोबाइलको लत, प्रविधिको अनियन्त्रित प्रयोग र त्यसले बालबालिकाको

आजदेखि केदारनाथ धामको ढोका खुल्ने, सुरक्षासहित भव्य तयारी

एजेन्सी । आजदेखि केदारनाथ धामको ढोका खुल्न थालेसँगै, भक्तजनहरूको यात्रा

केआईआईटीमा अर्को नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

एजेन्सी । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा