२१ बैशाख २०८२, आइतबार । May 4, 2025

म्यानमार सेनाले गर्‍यो हवाई हमला



एजेन्सी । म्यानमार सेनाले लामो समयदेखि सशस्त्र विद्रोह गर्दै आएको काचिन सशस्त्र समूहमाथिको कारवाहीलाई तीब्रता दिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार म्यानमार सेनाले पछिल्लो पटक गरेको हवाइ कारवाहीमा कम्तीमा ८० जना मारिएको दाबी गरिएको छ । यद्यपी मारिनेको संख्या योभन्दा निकै बढी रहेको हुन सक्ने आंकलन गरिएको छ । हवाइ आक्रमणमा सर्वसाधारणको पनि हताहती भएको बताइएको छ । आइतवार राति उत्तरी काचिन राज्यमा भएको उक्त घटनामा परि झन्डै एक सय जना घाईते भएका छन् ।

काचिन स्वतन्त्रता संगठनको स्थापनाको उत्सव मनाउन कलाकारसहित झण्डै पाँच सय मानिस भेला भएको स्थानमा हवाई आक्रमण भएको थियो । काचिन कलाकार संघका प्रवक्ताले सैन्य विमानले आइतबार साँझ उत्सवमा चारवटा बम खसालेको पुष्टि गरेका छन् । विष्फोटलाई म्यानमारको सेनाले फेब्रुअरीमा सत्ता कब्जा गरेपछिको सबैभन्दा खराब हवाई आक्रमण भनिएको छ ।

मानवअधिकार समूहहरूले सेनाले युद्ध कानूनको उल्लघंन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई हतियार र हवाई इन्धनको बिक्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । म्यानमारको सेनाले भने काचिन सशस्त्र समूहलाई लक्षित गरी हवाई हमला गरेको र सर्वसाधारणको मृत्यु भएको खबरलाई अफवाह भन्दै खारेज गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, अटाएनन् कुशल मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जेठ तेस्रो साताबाट

कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु : ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । देशभरका कक्षा १२ का विद्यार्थीहरूका लागि वार्षिक परीक्षा