८ आश्विन २०८३, बिहिबार । September 24, 2026

बरामद सुनको तौल ६० किलो ७ सय १६ ग्राम कायम, एक सातामा गुणस्तर थाहा हुने


३० श्रावण २०८०, मंगलबार  

6
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ ।

बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो । “हामीले बरामद सुन आज गालिसकेपछि धेरै ठूलो जर्ती गएन ।

वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ”, उनले भने, “सामान्य रुपले हेर्दा राम्रो गुणस्तरकै सुनजस्तो देखिन्छ । तर वास्तविक गुणस्तर परीक्षण तीन दिनभित्र गरिसक्छौँ ।” राष्ट्र बैंकले सुन गालिसके पनि यो प्रकरणको छानबिन प्रक्रिया भने सकिसकेको छैन । गालीसकेको सुन अब के हुन्छ भन्ने विषयमा सरकारले नै निर्णय लिने आचार्यको भनाइ छ । जुनसुकै अवैध सामग्री बरामद भएपछि त्यो स्वतः सरकारको स्वामित्वमा जान्छ र त्यस्तो सामग्री के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय लिन्छ ।

सामान्यतः बरामद सुनको तौल र गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थप रकम तिरेर सरकारसँग राष्ट्र बैंकले किन्ने गरेको छ । सुन तस्करीबारे अनुसन्धान जारी छ । सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको