९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

भारतको श्रावस्तीमा कार दुर्घटना, ६ नेपालीको मृत्यु


२१ श्रावण २०८०, आइतबार  

3
Shares

एजेन्सी । भारतमा भएको सवारी दुर्घटनामा ६ नेपालीको मृत्यु भएको छ । एक जना घाइते छन् ।

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा बाँकेको नेपालगञ्जका ६ जनाको मृत्यु भएको हो । मृतक दुई परिवारका हुन् । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, दुर्घटनामा नेपालगञ्ज सदरलाइनका एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दीपिका गुप्ता, उनीहरूका तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको छ । सोही घटनामा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया सुनिती गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते कार चालक अजय मिश्रको उपचार भइरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर पुगेर फर्किंने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ ।

भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको