२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आगो लगाउने ७२ जना कारबाहीको दायरामा


६ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ ।

यहाँको सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ । शनिबार यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार पोर्चुगलमा सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यसवर्ष ३८ प्रतिशतले बृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।

जङ्गलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई पोर्चुगल सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यसवर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको जनाइएको छ ।

यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको बन जङ्गल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ