८ बैशाख २०८३, मंगलबार । April 22, 2026

ललिता निवासका अस्थायी संरचना हटाउन सात सात दिनको अल्टिमेटम


१७ असार २०८०, आइतबार  

3
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो । स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ । उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए ।

आईतबार कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो । पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ ।

उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ । कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ ।

यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ । १६ हजार पाँच सय अनधिकृत संरचना हटाइएको छ । कामपाले गत भदौ ७ गतेदेखि अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम सुरु गरेको हो ।

हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाइएको कामपाले जनाएको छ । यस अवधिमै ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण, दुई सय ३१ अनधिकृत सवारी वर्कसपलाई कारबाही र ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरेको छ ।

जथाभावी रोकेर राखिएको १६ हजार सात सय ५७ सवारीलाई नियन्त्रणमा लिइएको कामपाले जानकारी दिएको छ । निर्वाचनको बेला भएको घोषणाअनुसार काम गर्ने क्रममा यी उपलब्धिहरू प्राप्त भएको कामपा जनप्रतिनिधिको भनाइ छ । पैदल यात्रीलाई सुरक्षा र सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ ।

सात किलोमिटर नयाँ ढल निर्माण एक हजार ५०० मिटर फुटपाथ निर्माण भएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित