२१ मंसिर २०८२, शनिबार । December 6, 2025

ग्रिसमा डुंगा दुर्घटना, ७८ जनाको मृत्यु, सयौँ वेपत्ता



एजेन्सी । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ ।

उक्त डुंगामा ७ सय ५० सवार रहेको मध्य हालसम्म ७८ जनाको शव फेला पारिएको अन्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्य धेरै अझै पनि वेपत्ता रहेको र उनिहरुको खोजी कार्य चलिरहेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार डुंगामा धेरै व्यक्तिहरु सवार रहेको र अधिकांश वेपत्ता रहेकाले पनि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको समाचार एजेन्सीले जनाएका छन् । क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपी दुर्घटनाको यकिन कारण पत्ता लगाउन अनुसन्धान भइरहेको समाचार एजेन्सीले जनाएका छन् ।

डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको