९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

पाकिस्तानमा सडक दुर्घटनाः १३ को मृत्यु, ४१ घाइते


२९ जेष्ठ २०८०, सोमबार  

6
Shares

एजेन्सी । पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको गुजरानवाला शहरमा नायरियन क्षेत्रमा आयोजित धार्मिक समारोहमा भाग लिएर फर्कंदै गरेको बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ ।

यसैगरी, पञ्जाबको शेखुपुरा जिल्लामा सोमबार बिहान शेखुपुरा राजमार्गतर्फ मोडिने क्रममा तीव्र गतिका कारण बस पल्टिँदा चार जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएका छन् ।

उद्धारकर्ताहरू दुई दुर्घटना स्थलमा पुगेका छन् र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धार सेवाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको