१० माघ २०८२, शुक्रबार । January 23, 2026

बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते



बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।

दशरथचन्द राजमार्ग अन्तर्गत सुपप्र–०१–००१ ज १३७२ नम्बरको जिप बिहान करिब ६ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप करिब ७० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउका २४ वर्षीय सन्तोषबहादुर राना (जिप चालक) र ३२ वर्षीय किरण चौधरीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर जोराले जानकारी दिए।

अन्य घाइतेहरूमा डिलासैनी गाउँपालिका–१ निवासी ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रिफर गरिएको छ।

दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते