१ माघ २०८२, बुधबार । January 14, 2026

विराटनगरमा भेटियो विश्वमै दुर्लभ र विषालु कोब्रा



विराटनगर । विराटनगरमा दुर्लभ प्रजातिको मोनोस्लेड कोब्रा सर्प फेला परेको छ।

विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा देखिएको यो विषालु सर्पले स्थानीय तहदेखि उद्धारकर्मीको ध्यान तान्यो। घरका सदस्यले सर्प देखेपछि महानगरलाई जानकारी गराएका थिए। तत्काल उद्धार टोली पुगेको थियो, तर सर्प नियन्त्रणमा लिने क्रममा उद्धारकर्ता हबल्दार शम्भु घिमिरे घाइते भए।

सर्पले टाढैबाट विष फाल्ने क्षमताका कारण विष घिमिरेको अनुहारमा परेपछि उनी सामान्य घाइते भएका हुन्। घाइते घिमिरेलाई तत्काल अस्पताल भर्ना गरियो र २८ घण्टापछि उनी उपचारपछि घर फर्किएका छन्। यसअघि पनि उनले डिभिजन वन कार्यालय मोरङमार्फत उद्धार गरिएका सर्पहरूलाई जंगलमा लगेर छाड्दै आएका छन्। यसपालि पनि उद्धारपछि उक्त कोब्रा सर्पलाई सुरक्षित रूपमा जंगलमा छाडिएको छ।

सर्प उद्धार क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका घिमिरेले हालसम्म ३९० भन्दा बढी सर्प उद्धार गरिसकेका छन्। यो घटनाले सर्प उद्धार कार्य कति जोखिमपूर्ण हुनसक्छ भन्ने स्पष्ट पारेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले