१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

कांग्रेसको निष्कर्ष: भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन



काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गर्दै स्पष्ट धारणा सार्वजनिक गरेको छ।

आज बिहान सम्पन्न पार्टी पदाधिकारी बैठकले लेखक उक्त अनियमिततामा संलग्न नभएको निष्कर्षमा पुगेको हो। बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकको भूमिकामा कुनै संलग्नता नभएको दाबी गर्दै भने, “जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। जो संलग्न छन्, तिनीहरूमाथि उचित कारबाही हुनुपर्छ।”

महतले गृहमन्त्री लेखकलाई जबरजस्ती प्रकरणमा जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। उनका अनुसार वास्तविक दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाइनु नै उचित कदम हुनेछ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको