२१ माघ २०८२, मंगलबार । February 4, 2026

फाप्लु–काठमाडौं हवाई सेवा पुनः नियमित, अब सातामा चार दिन उडान



सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट अब सातामा चार दिन काठमाडौंका लागि नियमित हवाई सेवा सञ्चालनमा आउने भएको छ।

नेपाल एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित रूपमा उडान भर्ने कार्यक्रम सार्वजनिक गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार, प्राविधिक समस्याका कारण लामो समय रोकिएको फाप्लु–काठमाडौं हवाई मार्गको सेवा पुनः सञ्चालनमा आएको हो। प्राधिकरणका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले जहाज मर्मत कार्य सम्पन्न भएसँगै सेवा पुनः सञ्चालन सम्भव भएको जानकारी दिए।

यसअघि सातामा एकपल्टमात्रै सञ्चालन हुँदै आएको सेवा जहाज ग्राउन्डेड भएपछि केही महिना पूर्ण रूपमा बन्द भएको थियो। नेपाल एयरलाइन्स फाप्लु कार्यालयका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार, गत पुसदेखि चैत्र महिनासम्मको अवधिमा विमान सेवा पूर्ण रूपमा अवरुद्ध थियो।

उडान पुनःसञ्चालन भएपछि स्थानीयवासी र यात्रुहरूलाई ‘बिपी राजमार्ग’को कष्टकर यात्रा गर्नुपर्ने बाध्यताबाट राहत मिलेको छ। स्वास्थ्य उपचार, व्यापार, र अन्य आवश्यक काममा हवाई मार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई निकै कठिनाइ भएको थियो। यसैबीच, हवाई सेवा सञ्चालनमा आएपछि पर्यटन व्यवसायीहरू पनि उत्साहित भएका छन्।

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले नियमित उडानले सोलुखुम्बुमा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल