७ चैत्र २०८२, शनिबार । March 22, 2026

मनकामना दर्शनमा आएका भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गयो


१२ जेष्ठ २०८२, आइतबार  

102
Shares

काठमाडौं । मनकामना मन्दिरको दर्शनका लागि आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–४ मा रहेको मनकामना केवलकार स्टेशनको शौचालयमा लडेका गुजरात राज्य, पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार भट्ट शौचालयमा अचेत अवस्थामा फेला परेका थिए।

उनलाई तत्कालै उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल, कुरिनटार लगिएको थियो। तर, अस्पताल पुगी स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।

मनकामना मन्दिर देश-विदेशबाट श्रद्धालुहरू आउने प्रमुख धार्मिक गन्तव्य हो, जहाँ हरेक दिन सयौं भक्तजनहरूको भीड लाग्ने गर्दछ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो