१ माघ २०८२, बुधबार । January 14, 2026

मनकामना दर्शनमा आएका भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गयो



काठमाडौं । मनकामना मन्दिरको दर्शनका लागि आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–४ मा रहेको मनकामना केवलकार स्टेशनको शौचालयमा लडेका गुजरात राज्य, पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार भट्ट शौचालयमा अचेत अवस्थामा फेला परेका थिए।

उनलाई तत्कालै उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल, कुरिनटार लगिएको थियो। तर, अस्पताल पुगी स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।

मनकामना मन्दिर देश-विदेशबाट श्रद्धालुहरू आउने प्रमुख धार्मिक गन्तव्य हो, जहाँ हरेक दिन सयौं भक्तजनहरूको भीड लाग्ने गर्दछ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले