१ माघ २०८२, बुधबार । January 14, 2026

प्रधानमन्त्री ओली अस्वस्थ, संसद्को प्रश्नोत्तर कार्यक्रम स्थगित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण आज संसदमा तय गरिएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

सत्तारूढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण संसदको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्। तदनुसार, आजको कार्यसूचीमा समावेश गरिएको प्रश्नोत्तर कार्यक्रम संशोधन गरिएको हो। संसद सचिवालयले नियमित प्रक्रिया अनुसार प्रत्येक महिना आयोजना हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमअन्तर्गत आज विहान ११ बजे बस्ने बैठकको कार्यसूचीमा यो विषय राखिएको थियो।

तर प्रधानमन्त्रीको सचिवालयले समयमै स्वास्थ्यसम्बन्धी कारण देखाउँदै अनुपस्थित हुने सूचना दिएको बर्तौलाले बताएका छन्। यससँगै आजको बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अवसर अर्को मितिमा सारिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले