२७ फाल्गुन २०८२, बुधबार । March 12, 2026

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लागि प्रयोग गर्न मिल्ने


६ जेष्ठ २०८२, सोमबार  

27
Shares

काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ ।

प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालकोबीचमा राखिने ईपीएस सिट्सको स्वादेशमै उत्पादन गर्न थालेको हो । कम्पनीका निर्देशक शशी शाहका अनुसार अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लागि ईपीएस सिट्सको प्रयोग गर्न सकिने छ । थर्मल इन्सुलेशन प्रदान गर्ने ईपीएस सिट्सले ध्वनि नियन्त्रणमा र निर्माण गतिलाई पनि नयाँ दिशातर्फ लग्न मद्दत गर्छ ।

ईपीएस सिट्स एक किसिमको प्लास्टिक फोम हो । घर निर्माणमा प्रयोग हुने ईपीएस सिट्स मजबुत, टिकाउ र इन्सुलेटिभ हुने शाहले जानकारी दिए । यसको प्रयोग विशेषतः घरको भित्ता, छानामा गर्न सकिन्छ भने घरलाई धेरै तातो तथा धेरै चिसो हुनबाट जोगाउन लागि पनि गरिन्छ।

‘ईपीएस सिट्सलाई सिधै भित्तामा टाँसिन्छ र त्यसको माथि जाली वा इँट्टा लगाएर प्लास्टर गरिन्छ, यसले घरलाई बाह्य तापक्रमबाट जोगाउँछ, छानाको सतहमा पनि ईपीएस सिट्स सजिलै फिट गर्न सकिन्छ, यसका लागि सिमेन्ट वा विशेष ग्लु प्रयोग गरिन्छ, कतिपय अवस्थामा फल्स सिलिङमा समेत ईपीएस सिट्स जडान गरिन्छ,’ उनले भने ।

यो वातावरण मैत्री हुनका साथै ध्वनि अवरोध र घरको ताप तथा चिसो नियन्त्रण गर्छ । शाहका अनुसार धेरैजसो प्रिफ्याब घरहरूमा समेत ईसीएस प्यानल प्रयोग हुँदै आएको छ । जसले निर्माण समयलाई झनै छोटो बनाएको छ। ‘नेपालमा ईपीएसको प्रयोग बढ्दै छ, विशेषगरी उपत्यकाभित्रका नयाँ भवनहरूमा यो प्रविधि निकै उपयुक्त हो,’ उनले भने ।

ईपीएस सिट्स नेपाली निर्माण प्रविधिमा नयाँ युगको सुरुवात गरिरहेको छ। घर बनाउँदा तापमान नियन्त्रण, ध्वनि अवरोध र लागत कटौतीका लागि ईपीएस सिट्स एक स्मार्ट विकल्प हुनसक्ने शाहले बताए । उनका अनुसार कम्पनीबाट बिक्री हुने ईपीएस सिट्स मूल्यका हिसाबले पनि औसत रहेको छ ।

कोरियन यस कम्पनीले सन् २०१७ देखि चितवनको रत्ननगरमा आफ्नै उद्योग लगाइ प्यानल उत्पादन गर्दै आएको छ । साथै, उक्त उद्योगबाटै ईपीएस सिट्सकाे अब भने उत्पादन थालेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по